काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबासँग भेट गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरुसहित भेट गर्नु भएको हो ।

भेटमा घटनाको विवरण सुनाउँदै निर्मलाकी आमा दुर्गाले न्याय पाउनेकि नपाउने भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभयो । दुर्गाले गहभरी आँशु झार्दै कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय नपाएपछि आफूहरु काठमाडौं आउनु परेको पनि बताउनु भयो । घटनाको विवरण आमाबाटै सुनेपनि प्रधानमन्त्री ओलीले बालिका निर्मलाको हत्याको घटनाले जोकोहीलाई पीडित तुल्याएको उल्लेख गर्दै सो घटनाका दोषीलाई उम्कन नदिइने बताउनु भयो । उहाँले अपराधि ठूलो नहुने र त्यसलाई कार्वाहीको दायरामा ल्याइछोडने आश्वासन पनि दिनु भयो ।

प्रधानमन्त्री ओलीले सो घटनालाई आफूले सुरुदेखि नै गम्भिरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले धेरैवटा छानवीन टोली परिचालन गरेको पनि स्मरण गराउनु भयो । उहाँले घटनाको तथ्य पत्ता लगाउन डिआईजी नेतृत्वको शक्तिशाली छानवीन टोली परिचालन गरिएको पनि जानकारी दिनु भयो । प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्नेलगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको पनि स्मरण गराउनु भयो ।

त्यस अवसरमा अधिकारकर्मीहरुले पनि प्रधानमन्त्री ओलीसँग पीडितलाई न्याय दिन आग्रह गर्नु भएको थियो । सरकारले सो घटनाको छानवीनका लागि डिआइजी धिरु बस्नेत नेतृत्वको नौं सदस्यीय टोली परिचालन गरेको छ । प्रधानमन्त्री ओलीले दोषी पत्ता लगाई कडा कार्वाही गर्न डिआईजी नेतृत्वको छानवीन टोली नै परिचालन गरिएको पनि बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments