काठमाडौं । आलु टिकी चाट शाकाहारी खाजाको परिकार हो ।  यो बाटोको ठेला देखि रेस्टुरेन्टको मेनुमा सम्म पाउन सकिन्छ । यो परिकार पिरो-अमिलो मन पराउनेहरुका लागि उपयुक्त परिकार हो ।

आवश्यक सामग्री :

उसिनेको आलु, भिजाएको केराऊ

इमलीको रस, धनियाँ, प्याज

नुन, तेल, धनियाँ पाउडर, जिरा पाउडर, भुजिया

बेसन, दही, चाट मसला, खुर्सानी, आमचुर

विधि

केराऊलाई प्रेसरकुकरमा उसिन्ने ।

एउटा भाँडोमा उसिनेको आलु लिने र त्यसमा नुन, आमचुर, चाट मसला, जिरा पाउडर, खुर्सानीको धुलो, बेसन राखेर राम्रोसंग मुछ्ने ।

अब हातमा अलकति तेल लगाउने र टिकी बनाउन सुरु गर्ने ।

एउटा प्यानमा तेल तताउने ।

तेल तातिसकेपछि त्यसमा टिकी राख्ने र पल्टाउदै पकाउने ।

टिकीलाई निकालेपछि चाट बनाउन सुरु गर्न सकिन्छ ।

एउटा प्लेटमा टिकी राख्ने र त्यसमाथी अघि पकाएको केराऊ राख्ने ।

अब त्यसमाथी भुजिया, धनियाँको चट्नी, दही, इमलीको रस, प्याज, खुर्सानी, चाट मसला, आमचुर पाउडर, जिरा पाउडर, धनियाँ पाउडर राख्ने।

 

Comments

comments