मेलबर्न । पार्टीगत स्वार्थबाट माथी उठेर देशको कला, संस्कृतिको सम्बर्द्धन, सामाजिक एकता तथा समृद्धि र समाज सेवामा अगाडी बढिरहेको जन सम्पर्क समिती अष्ट्रेलियाले नेपालको विद्यालय देखि अष्ट्रेलियाका खडेरी पिडित किसान सम्मलाई सहयोग गर्ने निर्णय गरेको छ । गत शनिबार बसेको बैठकले ती महत्वपूर्ण निर्णयहरु गरेको हो ।

जन सम्पर्क समिती अष्ट्रेलियाले दाङ जिल्लाको लालमटिया स्थित आदर्श माध्यमिक विद्यालयलाई रु . ५० हजार सहयोग गर्ने भएको छ । त्यस्तै, कर्मथलो अष्ट्रेलियाका किसानहरु खडेरीबाट पिडित भइरहेको अवस्थामा आफ्नो सामाजिक जिम्मेवारी तथा मानविय कर्मको रुपमा किसानहरुलाई सहयोगको लागि संस्थाले ५ सय डलर दिने निर्णय गरेको छ ।

अष्ट्रेलिया निवासी टिकानाथ रिजाल क्यान्सर रोग लागेको थाहा पाएपछि अहिले उपचारको क्रममा छन् । उनको उपचारको लागि सहयोग रकम संकलनका विभिन्न अभियान चलिरहेका छन् । जन सम्पर्क समिती अष्ट्रेलियाले पनि उनको उपचारको लागि डिनर कार्यक्रमको टिकट वितरणबाट बचत भएको ४ सय डलर सहयोग प्रदान गर्ने भएको छ ।

यसको साथै, संस्थाका अध्यक्ष सुरेश पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाली कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धनको लागि दशैं, तिहार, छठ तथा म्ह पूजामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments