मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गत सेप्टेम्बर ९ देखि बिएमडब्लु कप संचालन भइरहेको छ । बिएमडब्लु एजुकेशन कन्सल्टेन्सी, रोयल राइनोज क्रिकेट क्लब र भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनको सहकार्यमा टुर्नामेन्ट आयोजना भएको हो ।

हप्ताको हरेक आइतबार हुने यस प्रतीयोगीताका खेलहरुमा आज अर्थात दोस्रो हप्तामा रोयल राइनोज क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, मेलबर्न साइक्लोन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब र हिमालयन क्रिकेट क्लब खेलेका थिए ।

रोयल राइनोज क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब बीच भएको खेलमा रोयल राइनोजले १५ ओभरमा ८ विकेट सहित जित हासिल गर्यो । उक्त खेलमा संजोग दाहाल म्यान अफ द म्याच घोषित भएका थिए । पहिले ब्याटिंग गर्ने अवसर पाएको गोर्खाली क्रिकेट क्लबले १ सय ४४ रन बनाएको थियो । द हिमालयन क्रिकेट क्लब र मेलबर्न साइक्लोन क्रिकेट क्लब बीच भएको अर्को खेलमा हिमालयन क्रिकेट क्लबले जित हासिल गर्यो । उक्त खेलमा रोशन पौडेलले ११४ रन बनाएर बिएमडब्लु कप २०१८ को दोस्रो सेन्चुरीको रेकर्ड राख्न सफल भए ।

त्यस्तै, सगरमाथा क्रिकेट क्लब र नर्रे किंग्स क्रिकेट क्लब बीच भएको आजको खेलमा ८४ रनको लक्ष्य दिएको नर्रे किंग्सलाई सगरमाथा क्रिकेट क्लबले ७ ओभरमै पराजित गरेको थियो । उक्त खेलमा ३ विकेट लिन सफल सुनीत सत्याल म्यान अफ द म्याच घोषित भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments