काठमाडौं । दुबईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले एसिया कप क्रिकेटको उद्घाटन खेलमा श्रीलंकामाथि १३७ रनले जित हासिल गरेको छ ।मुस्फिकुर रहिमको १४४ रनको शानदार पारीसँगै बंगलादेशले जित हासिल गरेको हो । बंगलादेशले खराब सुरुवात गरेको थियो । मात्र २ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो ।

तर, पछि रहिमले मोहम्मद मिथुनसँग मिलेर पारी सम्हाले । चौथो विकेटका लागि १३१ रनको साझेदारी गरे । मिथुनले ६३ रनमा आउट भए भने रहिमले १४४ रन बनाए । अन्तिम ओभरको मात्र ३ बल बाँकी छँदा दशौं विकेटका रुपमा आउन रहिम आउट भए र बंगलादेशले २६१ रन बनायो ।
१५० बलको सामना गरेका उनले ११ चौका र चार छक्का हानेका थिए । श्रीलंकाका लासिथ मालिंगाले १० ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए भने डी सिल्भाले २ विकेट लिए ।२६२ रनको लक्ष्य पछ्याएको श्रीलंका मात्र ३५.२ ओभरमा १२४ रनमा अलआउट भयो । उसका लागि दिलरुवान परेराले २९ र उपल थरांगाले २७ रन बनाए ।

बंगलादेशका सबै बलरले विकेट लिए । मुस्तफिजुर रहमान, हसन मिराज र मोर्टाजाले २–२ विकेट लिँदा सकिब अल हसन, रुबेल हुसेन र मोसदिक हुसेनले १–१ हात पारे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments