काठमाडौं । बाराको हलखोरिया जंगलमा लामो समय निराहार तपस्या गरेर अन्तर्राष्ट्रियस्तरमै ‘लिटिल बुद्ध’को उपमा पाएका रामबहादुर बम्जनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भएको छ ।

पीडित किशोरीले शनिबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् । सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बमजनले १८ पटक बलात्कार गरेको र फुत्किएर आएर काठमाडौंमा पत्रकार सम्मेलन गरेको बताइन् । पत्रकार सम्मेलनपछि किशोरी साँझ जावलाखेल प्रहरीमा उजुरी गर्न पुगेकी छिन् ।

बमजनले यसअघि हलखोरिया वनमै तपस्या गर्ने क्रममा आफ्नै आमा र परिवारलाई कुटेको, विदेशबाट आएको महिलालाई बन्धक बनाएको समाचार पनि बाहिर आएका थिए ।

शेरबहादुर देउवा सरकारका पालामा उनले प्रधानमन्त्री नै भेटेर बाराको हलखोरिया वन आफ्ना लागि लिन सफल भए पनि स्थानीय र वन कार्यालयको विरोधका कारण बारा जान सकेका छैनन् । पछिल्लो समय उनी सिन्धुपाल्चोकमा बसिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments