काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धान घटनामा संलग्न ५ प्रहरी अधिकारीलाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।

घटना बारे छानबिन गर्न गठित सहसचिव हरिप्रशाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनले अनुसन्धान त्रुटीपूर्ण रहेको ठहर गरे लगत्तै मन्त्रालयले ५ अधिकारीलाइ निलम्बन गरेको हो ।

अनुसन्धानमा त्रुटी गर्ने प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर सेठी र केन्द्रिय अनुसन्धान व्युरोबाट खटिएका प्रहरी नायब उपरिक्षक अंगुर जिसी,प्रहरी निरिक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी साहायक निरीक्षक रामसिंह थामीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहले यसअघि नै प्रहरी उपरिक्षक डिल्लाीराज विष्टलाई निलम्बन गरिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments