जलेश्वर । महोत्तरी जिल्लाको बलवा बस्ने एक महिलाले पतिले नागरिकता नबनाई दिएपछि गाउँलेसँग सहयोग मागेकी छन् । उनले नागरिकताको लागि पतिसँग आग्रह गर्दा पनि नबनाईदिए पछि उनी गाउँलेको शरणमा पुगेकी हुन् ।

१५ वर्ष अगाडि रामलेखाको रामबाबु मण्डलसँग विवाह भएको थियो । तर पतिले नागरिकता बनाउन बहाना बनाएको उनको भनाई छ ।
हाल उनी नागरिकताको लागि विभिन्न संघ, संस्था तथा मानवअधिकारवादीसँग गुहार माग्दै हिँडेकी छन् ।

हाल उनी माइतीमा छिन् । पतिले मानसिक र शारिरीक प्रताडना दिएको भन्दै उनी विगत ५ वर्षदेखि माइतीको शरणमा बस्दै आएकी छन् भने उनको पतिले दोस्रो विवाह गरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments