मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियन मल्टिकल्चरल कमिशनले नेपाली समुदायका बम योञ्जनलाई मल्टिकल्चरल एवार्ड फर एक्सीलेन्स २०१८ द्वारा सम्मानित गरेको छ ।

योञ्जनले नेपाली समूदायको प्रबर्द्धन, संस्कृतिको सम्बर्द्धन तथा बहुसांस्कृतिक समुदायमा सद्भाव बनाइराख्नको लागि महत्वपूर्ण भूमिका खेलेकोले नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले अवार्डको लागि उनको नाम सिफारिस गरेको थियो । उक्त सिफारिस पछि योञ्जनको काम तथा भूमिकाको उच्च मूल्यांकन गर्दै मल्टिकल्चरल कमिशनले अवार्ड प्रदान गरेको हो ।

बम योन्जन हाल नेपाली समुदायलाई अगाडी बढाउने, नेपालको कला, संस्कृति तथा एकतालाई बचाइराख्ने, अष्ट्रेलियन राजनीतिमा नेपाली समूदायको पहुँच विस्तार गर्ने जस्ता कार्यमा सक्रिय छन् । अवार्ड पाएपछि खुशी व्यक्ति गर्दै उनले आफ्नो जिम्मेवारी थप बढेको महसुस भएको र आफ्नो जिम्मेवारी पूरा गर्नको लागि सधै लागिरहने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments