मेलबर्न । अष्ट्रेलियावासी नेपालीहरु आफ्नो जन्मभूमी देखि टाढा रहेतापनि खेल, संगीत, भाषा, कला तथा संस्कृतिको क्षेत्रमा निरन्तर अगाडी बढिरहेका छन् । मेलबर्नवासी अविनाश न्यौपाने त्यस्तै एक गायक हुन्, जसले नेपाली गीत संगीतलाई अगाडी बढाउनको लागि विदेशमा रहेतापनि प्रयासरत छन् ।

अविनाशको प्रयासले अहिले एक कदम सफलता हासिल गरेको छ । अर्को कदमको लागि भने उनलाई सम्पूर्ण नेपाली संगीतप्रेमीहरुको साथको आवश्यकता रहेको छ । अविनाश न्यौपाने नेशनल बक्स अफिस म्युजिक अवार्डको नोमिनेशनमा परेका छन् । उनी विदेशमा रहेका गायक अन्तर्गतको विधामा चार कदम गीत मार्फत नोमिनेशनमा परेका हुन् ।

उनलाई भोट गरेर जिताउन चाहनेहरुले मोबाइलमा B<space>65A टाइप गरेर ३४३४३ मा एसएमएस गर्नुपर्नेछ ।

अवार्ड कार्यक्रम आगामी असोज १८ गते सिंगापुरमा सम्पन्न हुनेछ। गत आर्थिक वर्ष भरी सार्वजनिक भएका १७५१ गीत संगीतका स्रष्टाहरुले सहभागी जनाएको मध्य बाट छानेर टप १० को छनोट गरिएको आयोजकले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments