तेह्रथुम । ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर तेह्रथुमको म्याङलुङ नगरपालिकाले नउठाउने भएको छ ।
त्यस्तै नगरपालिकाले शुक्रबारे हटियामा उठाउँदै आएको कर पनि तत्कालका लागि बन्द गरेको छ ।

यस्ता कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले यस्तो निर्णय लिएको हो । यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएको थियो ।

ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको होे । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएपछि आलोचना भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments