काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी गम्भीर नबन्दा अनुसन्धान जटिल बन्दै गएको छ।

कञ्चनपुर घटनामा प्रहरीकै संलग्नतालाई लिएर अनेक आशंका उब्जिए पछि यस्तो अवस्था आएको हो । यस घटना पश्चात निलम्बनमा परेका प्रहरीलाई पुरस्कृत गरिएपछि विवाद झन् चुलिएको हो ।

यस विषयमा प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भन्नुहुन्छ, ‘दोषी देखिएको अवस्थामा प्रहरी जहिल्यै कारबाहीमा पर्छन् । निलम्बन भनेको प्रारम्भिक अनुसन्धान हो । अनुसन्धानले उसको पूर्ण मिलेमतो नदेखिएपछि निलम्बित फुकुवा हुन्छन् ।’

निलम्बनमा पर्दैमा प्रहरीको जागिर जाने अवस्था नरहने उहाँको भनाइ छ । निलम्बनमा परेकालाई प्रहरीको नियमावलीअनुसार ग्रेड घटुवा, नसियत दिने, दर्जा घटाइनेलगायत आन्तरिक कारबाही हुँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments