काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मलाकी बुबा यज्ञराज पन्तले छाेरीको हत्यारा पत्ता लगाउन प्रशासन उदासीन बनेको बताउनु भएको छ । छाेरीकाे वास्तविक हत्यारा पत्ता नलगाएर कथित आरोपी दीलिपसिंह बिष्ट पनि रिहा भएपछि पन्त परिवार न्याय खोज्न काठमाडौ आइपुगेका छन् ।

‘मेरो छोरीको न्याय मिलेको छैन’ निर्मलाको बुबाले बिहिबार राजधानीमा भन्नुभयाे, हामीले अरु थोक केही मागेको छैन, न्याय खाेजेकाे हुनुपर्याे । छोरीको हत्याराको कारवाही हुनुपर्यो । होइन भने हामीलाई पनि मारी दिउ ।’

Comments

comments