मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा एभरेष्ट युनाइटेड क्लबले आयोजना गरेको तीज कार्यक्रम भव्यतासाथ सम्पन्न भएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा एभरेष्ट क्लबले गत सेप्टेम्बर ८ मा तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।मेलबर्नको हपर्सक्रसिंगमा भएको उक्त कार्यक्रम क्लबका संस्थापक सदस्य तथा सल्लाहकार दुर्गा आचार्यले दिनुभएको स्वागत मन्तव्यसंगै सुरु भएको थियो ।

कार्यक्रममा ठूलो संख्यामा नेपाली महिलाहरुको उपस्थिति रहेको थियो । नेपाली माटो, नेपाली भाषा, संकृति र आफ्नो जन्मघरको सम्झना गर्दै दिदीबहिनीहरु एक आपासमा आत्मियता साटासाट र नाचगान तथा रमाइलो गरिरहेका देखिन्थे । आफूहरुको उद्देश्य नेपाली महिलाहरुको महान पर्वको अवसरमा विदेशमा रहेतापनि दिदीबहिनीहरुलाई खुशी बनाउने रहेको र सो उद्देश्य अनुरुप कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै क्लबका अध्यक्ष भानु लिम्बुले सबैलाई धन्यवाद दिनुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments