मेलबर्न । अष्ट्रेलियाको इपिंग वलर्टमा नेपाली महिलाहरुको विशेष पर्व तीज भव्यताका साथ मनाइएको छ ।

इपिंग वलर्टमा बस्दै आएका नेपालीहरुको संस्था इपिंग वलर्ट नेपलिज कमिटिले तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । इपिंग वलर्ट र वरपर बस्ने नेपाली समुदायलाई एकै ठाउँमा भेला पारि तीज गीत तथा दर खुवाउने कार्यक्रम आयोजना गरेको र कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजक संस्थाले बताएको छ ।

संस्थाले साप्ताहिक रुपमा संचालन गर्दै आएको नेपाली भाषा कक्षा ‘बाल चौतारी’का साना साना नानीबाबुहरुको नेपाली गीत नृत्यका साथमा कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा बालबालिकाहरुले विभिन्न सांस्कृतिक पहिरन लगाएर फेशन शो समेत प्रस्तुत गरेका थिए ।

यसै गरि कार्यक्रममा कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिनलाई समेत मनाइएको थियो । उपस्थित सबै बुबाहरुले संयुक्त रुपमा केक काटेर छोराछोरीहरुसंग रमाईलो गर्दै आत्मियता साटासाट गरेका थिए ।

करिब तीन सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष हरि खड्काले सबैलाई स्वागत गर्नुभएको थियो । इपिंग र वलर्टमा पछिल्लो समयमा नेपालीहरुको बसोबास बाक्लिँदै गएको बताउंदै यस संस्थाले आगामी दिनमा पनि विभिन्न पारिवारिक र सांस्कृतिक कार्यक्रम अगाडी बढाउंदै लैजाने संस्थाका अध्यक्ष हरि खड्काले बताउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments