न्युयोर्कमा रक स्टार नाम कमाएर स्वदेश फर्किएका भारतीय  प्रधानमन्त्रि नरेन्द्र मोदी महात्मा गान्धी जयन्तिको अवसर पारेर सुरु गरिएको स्वच्छ भारत अभियानको शुभारम्भ गर्दै हातमा कुच्चो बोकेर दिल्लीको बाल्मिकी बस्तिमा सडक छेउ थुप्रिएको फोहोरको डङ्गुर बढार्न पुगे |

By7bGLVCcAAU6jKबिहान सबेरै कुचो बोकेर निस्किएका मोदीले देशका सबैलाई कुचो लिएर देशको कुना कुनामा रहेको फोहोर सफा गर्न आग्रह गरेका छन् | आफैले सफा नगरे सम्म देश स्वच्छ नहुने बताउँदै ‘ स्वच्छ भारत अभियानमा ” सहभागी हुन कसैले अल्छी गर्न नहुने उनले बताएका छन् | म सफा रहन्छु, मेरो घर सफा राख्छु , मेरो कार्यस्थल, मेरो  समाज र नगर सफा राख्ने जिम्मेवारी मेरै हो भनेर सबैले सपथ खान उनको निर्देशन थियो |

narendra_modi-3_650_100214015525

“संसारका सबै देश हरु स्वच्छ देखिनु को  पछाडी त्यस देशका मान्छेहरु आफुले जानेर कहिल्यै फोहोर गर्दै गर्दैनन् | तर हामी भने सफा गर्नु त कहाँ हो कहाँ आफै पनि फोर्होर गरेर छाडिदिन्छौँ | त्यसैले हामी फोहोरी भयौं | अब हामी आफैले कुचो लिएर आफुले गरेको फोहोर सफा गरौँ | हामी सफा र स्वच्छ हुने छौं | ”  मोदीले भनेका छन् | प्रधानमन्त्रि मोदीले दिल्लीमा  आफुले सफा मात्र गरेनन् अरुले सफा गरेको छड्के निरिक्षण गर्न समेत पुगे | निरिक्षणकै क्रममा प्रहरी कार्यालय नजिकै रहेको फोहोरको डङ्गुर देखे पछि उनले त्यहाँ पनि कुचो बोकेर बढार्न थाले |

मोदीले  सफाई अभियानमा आफु संलग्न भएको प्रमाण सहित अरुलाई प्रेरित गर्न सामाजिक संजालको व्यापक प्रयोग गर्न आग्रह गरेका छन् |  उनले सफा गरेको प्रमाण  सबैले देखिने र पत्याउने खलेको हुनु पर्ने समेत बताएका छन् | पहिले फोहोर को डङ्गुर देख्ने बित्तिकै फोटो खिच्नुस , सफा गर्नुस फोटो खिच्नुस , फोटो सामजिक संजालमा सेयर गर्नुस साथै आफ्ना नौ जना अन्य साथीलाई उसै गरि सफा गर्न आग्रह सहित निमन्त्रण गर्नुस् अनि मात्र तपाईंले साँच्चै सफा गरेको ठहर्छ |”मोदीले भनेका छन् | साथै मोदीले पनि नामै तोकेर भारतीय चर्चित अनुहारहरु   ९  जना लाई  भारत सफा गर्न अनुरोध गरेका छन् | मोदीको सो आग्रह तलको भिडियो( हेर्नुहोस)मा जस्ताको तस्तै |

 

Comments

comments