मेलबर्न । अष्ट्रेलियामा नेपाली ब्युटिसियनहरु आफ्नो करियर अगाडी बढाउन तल्लिन छन् । यदि आफूमा दक्षता र नयाँ प्रविधिको ज्ञान हुने हो भने, विदेशमा पनि नेपाली ब्युटिसियनहरुले सफलता हासिल गर्न सक्छन् भन्ने संदेश पनि दिइरहेका छन् । जसको उदाहरण हुन्, बन्दना थापा।

बन्दना थापाले अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको एक ठूलो कार्यक्रममा बलिवुडकी अभिनेत्रीको मेकअप गर्ने जिम्मेवारी पाएकी छिन् । उनले आगामी सेप्टेम्बर २३ मा हुन लागेको मिस/ मिसेज/मिस्टर मेलबर्न ग्लामरस २०१८ को लागि मेकअप गर्ने जिम्मेवारी पाएकी हुन् । उक्त कार्यक्रममा बलिवुड अभिनेत्री शिल्पा शेट्टी प्रमुख निर्णायकको रुपमा रहनेछिन् ।

भारतका दक्ष ब्युटिसियन भएको ठाउँ र नेपाली भन्दा भारतीयहरुले आफ्नो स्थान ओगटेको ठाउँमा पनि नेपाली मेकअप आर्टिस्टले यो जिम्मेवारी पाउनु गर्वको कुरा त हो नै, साथै नेपाली ब्युटिसियनहरुको लागि सुनिश्चित भविष्यको संकेत पनि हो । बन्दनाले यो जिम्मेवारीलाई आफूले एक सुनौलो अवसरको रुपमा देखेको बताउंदै भनेकी छिन् , ” म निकै नै खुशी भएकी छु । यो अवसरले म थप अगाडी बढ्न सक्नेछु, साथै नेपाली ब्युटिसियनहरु प्रति सबैको विश्वास बढ्दै जानेछ भन्नेमा म विश्वस्त छु । त्यसको लागि मैले यो अवसरलाई सक्दो सदुपयोग गरेर आफूलाई प्रमाणित गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments