काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडवडी जहाजमा अनियमितता भएपछि संसदको सार्वजनिक लेखा समितिले छानविन गर्ने भएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहिबारसम्म यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

निगमले एयरबस ३३०–२०० सिरिजका दुई वटा वाइडबडी जहाज खरिद गर्दा अनियमितता भएको आशंका गरिएको समाचार आएपछि समितिले छानविन गर्ने भएको हो ।

निगमको पहिलो एयरबस ३३०–२०० सिरिजको अन्नपूर्ण नामको जहाज जेठमा नेपाल आएको थियो भने सोही सिरिजको मकालु नाम भएको जहाज असारमा आएको थियो ।

जहाज खरिद तथा इन्जिनका वारेन्टी विषयमा धेरै विषय बाहिर आएपछि समितिका सदस्यहरुको मागबमोजिम सबै डकुमेन्ट मगाइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments