बङ्गलादेश । नेपाली फुटबल राष्ट्रिय टिमका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई आफुले कमजोर नठानेको बताउनुभएको छ ।
बङ्गलादेशमा जारी साफ च्याम्यिनसिपमा नेपालले आज ३ः४५ बजे दिउँसो सेमिफाईनलमा माल्दिभ्ससँग भिड्दैछ ।

फिफा ¥याङ्किगमा नेपाल भन्दा ११ स्थान माथि माल्दिभ्स छ । तर जारि साफ च्याम्पियनसिपमा समुह चरणका खेलहरुमा तुलनात्मक रुपमा माल्दिभ्सको भन्दा नेपालको प्रस्तुती भने सन्तोष जनक देखिएको छ । हाल सम्म नेपालले खेलेको ३ खेलहरुमा नेपालले पाकिस्तान बाहेक अरु सँग हारेको छैन् ।

नेपालले भुटानलाई ४–० र बाङ्गलादेशलाई २–० अन्तरले जित्दै समुह ए को पहिलो हँुदै सेमिफाईनलको यात्रा तय गरेको थियो । माल्दिभ्सले हालसम्म खेलेको दुई खेलमा श्रीलङ्कासँग बराबरी र भारतसँग २–० को अन्तरको हार ब्यर्होदै समुह बी बाट दोस्रो हुँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

सात देशका सात राष्ट्रिय टोली सहभागी टुरनामेन्टमा समुह ए मा नेपाल, पाकिस्तान, बङ्गलादेश र भुटान गरी चार टिम छन् भने समुह बी मा भारत, श्रीलङ्का र माल्दिभ्स गरी तीन टिम छन् । समुह ए बाट नेपाल र पाकिस्तान त्यसैगरी समुह बी बाट भारत र माल्दिभ्स सेमिफाईनलमा प्रवेश गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments