काठमाडौं । प्रमाण जोगाउने प्रहरीको कर्तव्य भएपनि कन्चनपुरकी निर्मला पन्त हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको भन्दै निर्मलाका आमा–बा र महिला अधिकारकर्मीले विरोध जनाएका छन् ।

बुधबार काठमाडौं आएका निर्मलाको आमा–बा र महिला अधिकारकर्मीका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले नै योजनाबद्ध रुपमा प्रमाणहरु नष्ट गरेको देखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीबाटै प्रमाण नष्ट पारेकोले सबभन्दा पहिला तिनीहरुमाथी नै कारवाही हुनुपर्ने र नागरिक समाजका मानिस समावेश गरि छानविन समिति फेरि गठन हुनुपर्ने माग निर्मलाको आमा–बा र अधिकारकर्मीहरुले गरेका छन् ।

निर्मलाको शरिर पखाल्ने महिला पुलिस र शवको मुचुल्का उठाउने प्रहरी र निर्मलाको मामा हुँ भनेर आउने व्यक्तिबट नै छानविन शुरु हुनुपर्ने उनीहरुको माग छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments