काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ ।

मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो ।

सिआईबी अनुसन्धानमाथि नै प्रश्न ? 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ ।

टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

दिलीपको डिएनए परीक्षण रिपोर्ट नमिलेपछि सिआइबीको अनुसन्धान टोलीमाथि प्रश्न उठेको हो । विशेष दक्षता भएका र अनुसन्धानमा पोख्त प्रहरी अधिकृत रहने सिआईबीको अुसन्धानलाई विश्वसनीय मानिँदै आएको थियो ।

निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ ।

डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् ।

निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए ।

ओझाले भने, निर्मलाको पोस्टमार्टकमो डिएनए प्रोफाईलसँग दिलीपको डिएनए प्रोफाईल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छोडिएको हो ।

दिली निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लिएको छ ।

प्रहरीले झुठो विवरण प्रस्तुत गरेर दिलीपलाई किन दोषी ठहर गर्न खोज्यो ? अधिकारकर्मी शारदा चन्दा भन्छिन्, दिलीप निर्दोष ठहरीएपछि प्रहरीले दोषी बचाउन खोजेको पुष्टि भएको छ ।

निर्मलाको हत्या सुनियोजित थियो र शक्तिशाली दोषी बचाउन कति प्रयास गरियो भन्ने प्रस्ट भईसकेको स्थानीय मञ्जु भट्टले बताईन्  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments