काठमाडौं । मुलुकभर आज महिलाहरुको महान् पर्व तीज मनाइँदैछ । यस अवसरमा काठमाडौमा पशुपतिनाथ मन्दिर लगायत देशका शिवालयहरुमा व्रतालु महिलाहरुले निष्ठापूर्वक भगवान शिवपार्वतीको पूजाआराधना गरिरहेका छन् ।

भाद्र शुक्लपक्षको तृतीया तिथिमा पर्ने भएकाले यस पर्वको नाम तृतीया शब्दबाटै तीज रहन गएको हो । तीजलाई हरितालिका पर्व पनि भन्ने गरिन्छ । पाशुपतक्षेत्रमा आज तीजको मेला लागेको छ ।

पौराणिक कथन अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी सानैदेखि मनमा कल्पना गरेकी थिइन् । तर उनलाई आफ्ना पिताले भगवान विष्णुसँग विवाह गरिदिन लागेको थाहा पाएपछि पार्वतीले संगिनीसँग आफूलाई कसैले नदेख्ने ठाउँमा लुकाउन भनिन् । संगिनीहरुले उनलाई अनकण्टार गुफामा लगेर लुकाए । त्यस अवस्थामा पनि उनले पानी समेत नखाई महादेवको प्रार्थना गरिरहिन् । उनले गरेको यो व्रतलाई हरितालिका भनियो । यही व्रतका कारण उनको महादेवसँग विवाह पनि भयो ।

यही प्रसंगको सम्झनामा आज पनि नेपाली महिलाहरुले तीजमा अन्नपानी समेत नखाई कठोर व्रत गर्दछन् । यसरी व्रत गर्नाले परिवार सुख र अटल सौभाग्य प्राप्त हुने विश्वास छ । तीजका दिन महिलाहरु राता रङ्गीन वस्त्र,सुनका गरगहना,टीकापोते,डोरीधागो चूरालगाएतका सौभाग्यसूचक आभूषण लगाई महादेवको पूजा गर्न शिवालयमा भेला हुने गर्दछन् ।

शिवपार्वतीको पूजाआराधना गर्नुृकासाथै महिलाहरु आपसमा मिलेर संगिनी गीत वा तीजको गीत गाएर नाचगान गरी दुःखसुख व्यक्त गर्दै मनोरञ्जन गर्छन् । पिण्डेश्वर,हलेसी महादेव, कुशेश्वर,धनेश्वर ऋषीश्वरलगायत देशका विभिन्न शिवालय र तीर्थहरुमा व्रतालुहरको भीड लागेको हाे । तीजको अघिल्लो दिन विवाहिता महिलाहरु माइतीघरमा जम्मा भएर मीठो मसिनो तथा पोषिलो खाद्यपरिकार दर खाई नाचगान गर्ने चलन छ।

तीजको भोलिपल्ट व्रतको पारायण गरी ऋषिपञ्चमीको तयारी गरिन्छ । पञ्चमीका दिन बिहानै नुहाइधुवाई गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरेर तीज पर्व सम्पन्न गरिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments