काठमाडौं । कांग्रेस कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच विवाद देखिएको छ ।

सहमति नभएपछि संविधान संसोधन मसौदा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मसौदा आज केन्द्रिय समितिलाई बुझाउदै छ । संस्थापन पक्षले १ सय ३१ सदसीय केन्द्रिय कार्यसमिति बनाउन प्रश्ताव गरेको छ भने पौडेल पक्षले १ सय १ सदस्य राख्नुपर्ने अडान लिएको छ ।

सहमतिको लागि १ सय ११ सम्म जान पौडेल पक्ष तयार भएपनि संस्थापनले १ सय ३१ सदस्यमै सहमति खोजेको थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments