जीलोंग । नेपालीहरु संसारको जुनसुकै ठाउँमा पुगेतापनि आफ्नो संकृतिलाई कहिल्यै भुल्दैनन्। आफ्नो भाषा , कला तथा संस्कृतिलाई विदेशमा बस्ने नेपालीहरुले सम्बर्द्धन तथा प्रबर्द्धन गरिरहेका छन् । अष्ट्रेलियाको विभिन्न राज्यमा बस्ने नेपालीहरुको एकता, सक्रियता र प्रयासले पनि यो कुरालाई पुष्टि गर्छ ।

नेपालको भाषा, कला, संस्कृतिलाई सम्बर्द्धन तथा प्रबर्द्धन गर्दै नेपाली समुदायलाई अगाडी बढाउन प्रयासरत जीलोंग नेपाली समाजले भव्य तीज कार्यक्रम सम्पन्न गरेको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जीलोंग नेपाली समाजले कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरेको थियो । उक्त विशेष अवसरमा संस्थाले कार्यक्रममा उपस्थित सम्पूर्ण बुवाहरुलाई उपहार प्रदान गरि सम्मान प्रकट गरेको थियो ।

कार्यक्रममा जीलोंगमा बस्ने नेपाली समुदायका अधिकांश महिलाहरु सहभागी थिए । तीजको बदलिदो स्वरुप अनुसार, उक्त कार्यक्रममा नेपाली पुरुषहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । दरको समेत व्यवस्था गरिएको उक्त कार्यक्रममा सहभागीहरु नाच-गान संगै विभिन्न मनोरन्जनात्मक प्रतियोगितामा सक्रिय भइ रमाइलो गरिरहेका देखिन्थे । ती प्रतियोगिता जित्नेहरुलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

भिक्टोरियाको बहुसांस्कृतिक आयोगले मूख्य प्रायोजन गरेको उक्त कार्यक्रममा सहभागी भएका पांच वर्ष मुनिका बालबालिकाहरुको लागि नेशनल अष्ट्रेलियन बैंकले विभिन्न उपहारहरु प्रदान गरेको थियो । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरु र सहयोगीहरु सम्पूर्णलाई धन्यवाद दिंदै संस्थाका अध्यक्ष निरज कर्णजीतले भन्नुभयो, ” नेपाली पर्वलाई यसरि विदेशमा सबै मिलेर मनाउन पाउँदा अत्यन्तै खुशी लागेको छ । आगामी दिनमा पनि यसरि नै सबै मिलेर नेपाली पर्वहरु मनाउनको लागि जीलोंग नेपाली समाज सक्रिय भएर लाग्नेछ” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments