काठमाडौं । संघीय सरकारले प्रदेशका कामकारबाही गुनासो सुन्न गठित अन्तर प्रदेश परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्रीहरुले बैठकका निम्ति अझै बढी तयारी गर्नुपर्ने संघीय सरकारको मनस्थितिका कारण बैठक स्थगित भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले भदौ २४ गतेका लागि बोलाउनुभएको अन्तर प्रदेश परिषद्को बैठक दुई दिन बितिसक्दा पनि बस्ने छाँट देखिएको छैन । प्रधानमन्त्री ओलीसमेत सरकारका आन्तरिक काम कारबाहीमा व्यस्त भएकै कारण बैठकलाई अवरोध पुगेको स्रोतको दाबी रहको छ ।
यता मुख्यमन्त्रीहरुले बैठक स्थगित भएको कारणबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।

प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले बैठक स्थगित भएकाबारे औपचारिक जानकारी नआएको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments