काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा पार्टीको नयाँ संरचना निर्माणमा केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको संरचना बनाउने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदा समितिले गठन गरेको तीनवटा उपसमितिमा पार्टी संरचनाका विषयमा छलफल तीव्र बनाइएको र मूल समितिको बैठकमा छलफलको प्रतिवेदन प्रस्तुत गरिने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ । खड्काले पार्टीको संरचनाका विषयमा उपसमितिमा छलफल भइरहेको जानकारी दिंदै मूल समितिमा प्रतिवेदन प्रस्तुत भएपछि खाका तयार हुने बताउनुभयो । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

पार्टीको संरचना तयार गर्न गठित उपसमितिका नेता फरमुल्लाह मन्सुरले पार्टीको केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको संरचना बनाउने प्रस्ताव गरिएको बताउनुभयो । केन्द्रीय संरचनामा पदाधिकारीको संख्या थपी केन्द्रीय कार्य समितिको संख्या १ सय ३१ हुने छ ।

जसमा सभापति, दुई उपसभापति, वरिष्ठ नेता, दुई महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । हाल उपसभापति र सहमहामन्त्री एक एक जना रहने व्यवस्था छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments