काठमाडौं । नेपालमा पछिल्लो आठ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी युएस-बंगला एयरलाइन्स दुर्घटनामा भयो।

त्रिभुवान विमानस्थलमा मार्च १२ मा भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। यस्तै, अप्रिल १९ मा १३९ यात्रु सवार मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलमा नै दुर्घटना भयो । तर, यसमा सबै यात्रु सुरक्षित रहे । मे १६ मा सिमिकिोटमा भएको मकालु एयरको विमान दुर्घटनमा २ जनाको मृत्यु भयो ।

जुन ९ मा जुम्लामा तारा एयर, जुन १६ मा पोखरामा यति एयरलाइन्स, जुन ३० मा ग्रान्डी अस्पतालमा सिम्रिकको हेलिकोप्टर र सेप्टेम्बर १ मा त्रिभुवन विमानस्थलामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो । भाग्यवस यी दुर्घटनमा कुनै मानवीय क्षति भएन ।

शनिबार नुवाकोटको मेधाङ मैलुङपाखामा भएको अल्टिच्युड कम्पनीको हेलिकोप्टर अहिलेसम्मको पछिल्लो हवाई दुर्घटना हो। यस दुर्घटनमा छ जनाको निधन भयो भने एक जनाको जीवितै उद्धार गरिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments