काठमाडौं । तीज पर्व महिलाहरुको स्वतन्त्रता र सौन्दर्यसंग पनि जोडिन्छ । यस पर्वमा महिलाहरु रातो पहिरनमा सजिएर आफ्ना भावना पोख्दै नाचगान गर्ने गर्छन् । रातो साडीसंग गरिने शृंगारले महिलाहरुलाई अझ सुन्दर देखाइरहेको हुन्छ ।

तीजमा मेक-अप गर्दा आफ्नो पहिरन र मौसमलाई बढी ध्यान दिनुपर्छ । विवाहित देखिने किसिमको पहिरन लगाइने हुँदा मेक-अप पनि सो पहिरनसंग मिल्दो हुनुपर्छ भने मेकअप सजिलै पानी वा पसिनाए बगाउने किसिमको हुनु हुँदैन । तीजको मेकअप गर्नको लागि धेरै महिलाहरु ब्युटी पार्लर समेत धाउने गर्छन् । तर त्यो पैसा र समयको बचत गरि घरमै पनि आफैले सुन्दर मेकअप गर्न सकिन्छ ।

मेकअप गर्दा आफूसंग धेरै सामान छैन भन्ने चिन्ताले पनि धेरैलाई सताउँछ । तर आफूसंग भएका सिमित सामानले पनि राम्रो मेकअप गर्न सकिन्छ। यसको लागि कुन सामग्री कसरि प्रयोग गर्ने भन्ने कुराको विशेष ज्ञान हुनु जरुरि छ  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments