काठमाडौं । नेपाल आइडल २ बाट काउली बूढी अर्थात सन्ध्या बूढा बाहिरिएकी छिन् । नेपाल आइडल २ मा गएर लोकप्रियता पाएकी काउली बूढी उत्कृष्ट बीसमा पर्न भने सकीनन् ।

नेपाल आइडलबाट बाहिरिएता पनि आफूले कलाकारितालाई निरन्तरता दिने काउली बूढी अर्थात सन्ध्या बुढाले बताएकी छिन् । सुरुमा अडिसन दिंदा पहिले काउली बूढी र पछि आफ्नो वास्तविक रुप लिएर गएकी उनको कलाकारिता देखेर दर्शक मात्र होइन, निर्णायकहरु पनि अचम्भित बनेका थिए । उनले दर्शकहरुको ध्यान खिचीन् र लोकप्रियताको नयाँ उचाई पनि प्राप्त गरिन् । त्यस यता नेपाल आइडल २ कार्यक्रममा उनको प्रस्तुती पर्खने दर्शकहरु धेरै भए ।

काउली बूढी अर्थात सन्ध्या बूढाले काउलीबूढी शो संचालन गरेको धेरै भयो । कलाकारितामा जागिरे जीवन सुरु गरेकी उनले जागिर छोडेर आफ्नै कार्यक्रम संचालन गर्ने योजना बनाइन् । त्यतिबेला नै तरकारीवाली नेपालमा हिट भैरहेकी थिइन् । त्यसैले उनको नाम काउलीबूढी नाम जुरेको थियो र त्यो नामले अहिले उनलाई नयाँ परिचय दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments