काठमाडौं । नेपाली चलचित्र रोज शुक्रबार देखि प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनमा आएको दिन रोजी महर्जनका बुवा पनि चलचित्र हेर्न पुगेका थिए । चलचित्र हेरिसकेपछि उनले चलचित्र र आफ्नो छोरीको वास्तविक घटनासंग एक/दुई कुरा केही मिलेतापानी चलचित्र त्यो भन्दा फरक रहेको बताएका छन् ।

चलचित्र रोजको नाम पहिले रोजी थियो । काठमाडौंमा घटेको रोजी हत्याकाण्ड उक्त नामसंग जोडीएपछि पछिल्लो अवस्थामा चलचित्रको नाम फेरिएको थियो । संचार माध्यममा चलचित्र रोजी काठमाडौंकि रोजी महर्जनको जीवन संग मेल खाने किसिमको भन्ने समाचार आएपछो रोजीको परिवारले आपत्ति जनाएको थियो । त्यसैले गर्दा धेरै समयसम्म यस चलचित्रको छायांकन समेत रोकिएको थियो । तर रोजीको परिवार र चलचित्र युनिट बीच भएको वार्ता पछि चलचित्रको नाम फेरिने , रोजी महर्जनसंग सम्बन्धित कुराहरु नदेखाइने सम्झौता भएको थियो ।

प्रदर्शनको पहिलो दिनमै यस चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । चलचित्र प्रदीप खड्का, परमिता आर एल राणा, मिरुना मगर लगायत कलाकारको अभिनय रहेको छ । यस चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments