काठमाडौं । नेपालले चीन पारवहन सम्झौताको प्रोटोकोलमा सहमति भएको छ । चीनसँग सम्झौता भएसँगै नेपालमा आयातकालागि अब चिनिया बन्दरगाह प्रयोग सहज हुने भएको छ । नेपालले तेस्रो मुलुकमा पनि बस्तुहरुको आयात/निर्यात गर्न पाउने गरी पारवहन सम्झौंताको प्रोटोकलमा सहमति जुटेको हो । काठमाडौमा बुधबार र विहिबार बसको नेपाल चीन तेस्रो परामर्श बैठकमा चीनसँग जुटेको सहमतिबारे आज उद्योग मन्त्रालयले जानकारी गराएको हो । नेपाल चीनबीचको महत्वपूर्ण समझदारीलाई एक औंपचारिक कार्यक्रमको आयोजना गरी छिट्टै सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

नेपालले तेस्रो मुलुकको पारवहनका लागि रेल, सडक, रोपवे लगायतका जुनसुकै सवारी साधन पनि प्रयोग गर्न सक्ने गरी सहमति भएको हो । पारवहनका लागि नेपालले चीनका सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न र हाललाई तियान्जेन, सेनजेन, लियानयुंगाङ, झाङझियाङ ४ वटा समुद्र्री बन्दरगाह प्रयोग गर्न सक्नेछ । सहमति अनुसार नेपालले पारवहन ढुवानीका आन्जाओ, ल्हासा र सिगात्से गरी ३ सुख्खा बन्दरगाह पनि प्रयोग गन सक्ने छ । नेपालतर्फको रसुवा, कोदारी, किमाङथाङका, नेचुङ, यारी र ओलाङचुंगोला नाका प्रयोग गर्ने सहमति पनि जुटेको छ । नेपालले पारबहनका लागि नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म जान सक्ने सहमतिमा उल्लेख छ ।

पारवहन सहजताकालागि नेपालका वाणिज्य सचिव र चीनका यातायात मन्त्रालयका उपमन्त्री रहनेगरी परामर्श संयन्त्र बनाइने भएको छ । वाणिज्यका सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशक स्तरको प्राविधिक परामर्श उपसमिति पनि बनाईने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments