काठमाडौं । पोखरामा ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार आयोजना हुने भएको छ । विगत लामो समय देखि शैक्षिक क्षेत्र तथा भिसा सर्भिसमा काम गर्दै आएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले कार्यक्रमको आयोजना गरेको हो । एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी अन्तर्राष्ट्रिय रुपमा विस्तार भएको संस्था हो ।

संस्थाका अनुसार, एजुकेशन सेमिनारमा नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ । कार्यक्रम आगामी सेप्टेम्बर २४ मा पोखराको सिद्धार्थ चोक स्थित एक्स्पर्ट सेमिनार हलमा हुनेछ । बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रममा सहभागीहरुले एक्स्पर्ट एजुकेशनका सीइओ संजीव शर्मा र अष्ट्रेलियाको मेलबर्नमा रहेको एक्स्पर्टको शाखाका निर्देशक सरोज शर्मासंग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् । यसको साथै कार्यक्रममा अष्ट्रेलियाका शैक्षिक संस्थाका प्रतिनिधिहरुबाट विभिन्न जानकारी लिन सकिनेछ ।

अष्ट्रेलियामा एक्स्पर्ट एजुकेशनको कार्यालय मेलबर्न, सिड्नी, ब्रिसबेन अडेलेड़, गोल्डकोस्ट लगायतका शहरहरुमा रहेको छ । यसको साथै यसको शाखाहरु बंगलादेश र भारतका विभिन्न शहरहरुमा रहेको छ । नेपालमा यसका कार्यालयहरु काठमाडौं, पोखरा, चितवन बुटवल, दाङ, धनगढी, बिर्तामोड, नेपालगंज, बिराटनगर, इटहरी लगायत ठाउँहरुमा रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments