काठमाडौं । नेपाली चलचित्र अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय लोकप्रियता कमाइरहेका अभिनेत्री मध्येकी हुन् । उनले अभिनय गरेको चलचित्र नाई नभन्नु ल ५ प्रदर्शन भइरहेको छ, जसबाट उनले दर्शकको माया पनि पाइरहेकी छिन् ।

स्वस्तिमालाई जीवनमा सबैभन्दा डर आफ्नो मान्छेहरुलाई गुमाउँछु कि भन्ने डर हुन्छ । अन्तर्वार्तामा उनले, आफ्नो आमासंग विवाह पछि बढी आत्मियता बढेको र सधै आमाको याद आउने बताएकी छिन् । चलचित्रमा रुने सिनमा समेत उनी आमालाई सम्झिएर, आफ्नो आमासंगका दिनहरु सम्झेर रोएकी थिइन् । उनलाई निश्चल र काममा आफ्नो जीवनमा दुवै कुरा उत्तिकै प्राथमिकतामा पर्छन् भन्ने लाग्छ ।

स्वस्तिमाका अनुसार, महिलाहरुलाई कलाकारिता क्षेत्रमा अगाडी बढ्नको लागि गाह्रो छ । उनलाई महिलाहरुलाई हरेक क्षेत्रमा गाह्रो हुन्छ भन्ने लाग्छ । त्यसैले उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र अभिनेत्री प्रियंका चोपडालाई पनि त्यो स्थानसम्म आइपुग्नको लागि महिला भएकै कारण कति दुख झेल्नुपर्यो भन्ने सोध्न मन लागेको उनले बताएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments