काठमाडौं । तिते करेला यो मौसममा अत्यधिक फल्ने गर्छ, बारीमा यसको सुगन्ध फैलिन्छ । स्वाद तितो हुने भएतापनि यो तरकारी धेरैको रुचिमा पर्ने गर्छ । यसलाई स्वस्थबर्द्धक तरकारीको रुपमा पनि लिइन्छ। कतिले त राम्रो स्वास्थ्यको लागि करेलाको जुस नै पनि पिउने गर्छन्। तिते करेला उच्च रक्तचाप हुने व्यक्तिहरुको लागि औषधि नै हो ।

यस्ता व्यक्तिहरुलाई भने करेला विष समान हुन सक्छ :

महिनावारीमा समस्या भएकाहरुले करेला खाँदा अत्यधिक रक्तस्राव हुनसक्छ। यसले महिनावारी भएका महिलाहरुलाई शारीरिक रुपमा कमजोर महसुस गराउँछ र मानसिक थकान पनि बढाउँछ ।

गर्भवती महिलाले बढी करेला खाँदा शारीरिक तथा मानसिक थकान बढ्छ भने गर्भ नै तुहिने डर समेत हुन्छ।

पायल्स भएकाहरुले तिते करेला खाँदा यसले रोगलाई झन् बढाईदिनसक्छ। त्यसैले पायल्स भएका बिरामीले करेला खानु हुँदैन ।

शल्यक्रिया गरेका व्यक्तिहरुले तिते करेला खाँदा रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ।

तिते करेलोको अत्यधिक सेवनले कलेजोमा एञ्जाइम्स बढाउने हुँदा, कलेजोमा समस्या हुन सक्ने व्यक्तिले ध्यान पुर्याउनुपर्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments