काठमाडौं । बेलयाती सेनामा बेस्ट सोल्जर अवार्ड जितेकै बर्ष जागिर छाडेर स्वदेश फर्किएका मिलन चाम्स  यतिबेला नेपाली फिल्म निर्देशनमा व्यस्त छन् ।

मिलन चाम्लिङ उर्फ चाम्सले १२—१३ बर्षको छँदै भोजपुरमा शिवशक्ति फिल्म हल चलाउन थालिसकेका थिए ।  उनी राई परिवारमा जन्मिएकैले रहर मारेरै भए पनि ब्रिटिस आर्मी बेलायती सेना बन्न पुगेका थिए ।

” मेरा बाउबाजे सबै ब्रिटिस आर्मीमा भएकाले मलाई पनि आर्मी नै बन्नुपर्छ भनेर दबाब दिन्थे । मलाई त्यता रुचि नै थिएन । बच्चैदेखि भाग्दै, लुक्दै नेपाली, हिन्दी फिल्म यति धेरै हेरेँ, कि मलाई पनि फिल्म निर्माण गर्ने रहर भयो “, उनले भने ।

फेब्रुअरी १९९८ मा लन्डनमा चाम्सको फौजी जीवन सुरु भयो । धन्न, आर्मीतर्फ पनि प्रशासनिक विभागमा भएकाले मिलनलाई कम्ब्याट बन्दुक भिरेर भने हिड्नु परेन । तै पनि घर र फिल्मको यादले खुब सताउँथे ।

साथीहरु मलाई ५ प्रतिशत मात्रै आर्मी र बाँकी सबै मनोरञ्जनले भरिएको छ भनेर जिस्काउँथे, त्यस बेला भर्खर १७ बर्ष पार गरेका मिलनले रोएरै पश्चाताम गर्नुमा भन्दा आर्मी जीवनलाई अवसरमा बदल्ने सोचेका बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments