मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई खेलमा प्रोत्साहन गर्नको लागि केही समय अगाडी स्थापना गरिएको एक्स्पर्ट क्रिकेट क्लबले टुर्नामेन्टमा आफ्नो पहिलो सहभागिता निश्चित गरेको छ ।

एक्स्पर्ट क्रिकेट क्लबले आगामी सेप्टेम्बर ९ देखि योजना हुने बिएमडब्लु कप क्रिकेटमा सहभागी हुने घोषणा गरेको हो । क्लबले उक्त टुर्नामेन्टमा सहभागी हुने आफ्नो टिममा रहने खेलाडीहरुको नाम पनि सार्वजनिक गरेको छ ।

प्रतियोगितामा सहभागी हुने टिममा क्याप्टेन सुनम गौतम रहनेछन् भने सुसन गुरुङ उपकप्तान, बिमल नेपाल, मनिष खकुरेल, सुशील बस्नेत, दिपेश गुरुङ, नविन डाँगी, सुनोद श्रेष्ठ, सदिप ढुंगाना, तारा भट्टराई, सुशान्त पौडेल, उज्वलजंग कार्की, प्रविन डाँगी, विशान भण्डारी, सुयोगा बुढाथोगी, विनोद खत्री, सागर लामा र सुमन थापा टिममा हुनेछन् । त्यस्तै, टिमको प्रशिक्षकमा गुरप्रित सिंह रहने बताइएको छ ।

एक्स्पर्ट क्रिकेट क्लब नेपालीहरुको लागि क्रिकेट एकेडेमी समेत संचालन गर्ने योजनाका साथ अगाडी बढेको छ, जसले गर्दा विदेशमा रहेता पनि नेपाली युवाहरुले आफ्नो खेल प्रतिको रुचि र क्षमतालाई निरन्तरता दिंदै अगाडी बढ्ने अवसर पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments