सिड्नी । अष्ट्रेलियामा एक ८२ वर्षीय वृद्ध माथी हातपात गर्ने एक नेपाली पक्राऊ परेका छन् । वृद्धहरुलाई हेरचाह गर्ने संस्थामा काम गर्ने ती युवकले वृद्धलाई जुत्ताले हान्ने, कपडा तान्ने, धक्का दिने गरिरहेको भिडियो बाहिरिएपछि उनी पक्राऊ परेका हुन् ।

प्रकाश पौड्याल नाम गरेका ती युवकलाई पुलिसले पक्राऊ गरेर धरौटीमा रिहा गरेको छ । उनी सेप्टेम्बर ११ मा अदालतमा उपस्थित हुनुपर्नेछ । पौड्याल कामबाट पनि निकालिएका छन् ।

यो घटना बुपा एज्ड केयर सीफोर्थमा घटेको थियो । ती वृद्धकी छोरीले पौड्यालले आफ्ना बुवालाई पिट्ने गरेको शंका लागेपछि कोठामा लुकाएर क्यामेरा फिट गरेकी थिइन्, जसले गर्दा घटना बाहिर आएको हो ।

 

Comments

comments