काठमाडौं । नेपाल – चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तीम रुप दिने उद्देश्यले दुवै देशका अधिकारीहरुको तेस्रो बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ ।

काठमाडौंको सोल्टी होठेलमा सुरु भएको बैठकमा यस प्रोटकललाई अन्तीम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भैरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उद्योग ,वानिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रशिंकर सैजुले जानकारी दिनुभयो ।

उहाँले पारवहनका लागी नेपालले चीनसंग मागेका सडक मार्ग र बन्दरगाह उपलव्ध गराउन चिनले सहमति प्रदान गर्ने संकेत गरेको बताउनुभयो ।

बैठकमा नेपालको तर्फबाट सहसचिव सैजुको नेतृत्वमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको सहभागीता छ भने चीनका तर्फबाट यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सी पिङको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments