काठमाडौं। बङ्गलादेशमा जारी साफ च्याम्पियन सिप फुटबल खेलमा नेपालले ‘आज’ बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ढाकास्थित बंगबन्धु रङ्गशालामा साढे ३ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा पराजित दुवै टोली एक–अर्का विरुद्ध जित निकाल्ने रणनीतिका साथ मैदान उत्रिदैछन् । नेपाल पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो भने भुटानले बंगलादेशसँग २–० गोल अन्तरले पराजय बेहोरेको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले अर्को चरणमा पुग्न भुटानसँग जित निकाल्नै पर्ने दबाब रहेको छ । भुटानसँगको खेलमा कप्तान विराज महर्जन, रोहित चन्द, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाउने अपेक्षा गरिएको छ । नेपाल र भुटानले अहिलेसम्म १२ खेल एक–अकाविरुद्ध खेलिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments