काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजले छोइसकेको छ । तीजमा नाचगान संगै दर खाने गरिन्छ । दरमा सबैभन्दा महत्वपूर्ण परिकार खीर हो ।

खीर पकाउने आवश्यक सामग्री

– चामल (बासमती वा ताइचिन) ः १ कप

– दुध ः १ लिटर

– चिनी ः १ ठुलो चम्चा

– काजु (टुक्रा पारिएको) ः २ सानो चम्चा

– नरिवल (टुक्रा पारिएका) ः २ सानो चम्चा

– छोकडा (टुक्रा परिएको) ः २ सानो चम्चा

– सुकुमेल ः २÷३ पिस

– किसमिस ः ६÷७ पिस

– ल्वाङ ः २÷३ पिस

– तेजपात ः १÷२ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।

– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।

– दुधलाई राम्ररी तात्न दिने।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।

– यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात

पनि हाल्ने।

– अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२÷१५ मिनट पकाउने।

– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।

– अब मनतातो अवस्थामा खीर खाने ।

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments