काठमाडौं । एउटा खुट्टा मात्र भएर पनि स्टेजमा छमछम नाच्ने रोमा न्यौपाने धेरैको लागि प्रेरणाको पात्र हुन् । रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो । तर, केही समय अगाडी ठगी आरोपमा उनी जेल परेपछि आलोचनामा परिन्।

जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि रोमा जेल चलान भएकी हुन् । रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज ‘भीएडी’ नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

रोमा दुई महिना जेल बसेर अहिले जेलबाट छुटेकी छिन् भने उनका श्रीमान जेलमा छन् । रोमाका अनुसार, उनी श्रीमानलाई विश्वास गर्दा आफू जेल पर्नुपर्ने अवस्था आएको हो । उनले कमाएको सबै पैसा श्रीमानलाई दिइन् र श्रीमानले क्याफेमा लगानी गरे । तर साझेदारहरुले उनलाई ठगीको आरोप लगाए, क्याफे घाटामा गएर बन्द भयो । उनी अहिले घरभाडा तिर्न र बच्चा पढाउन समेत गाह्रो परिरहेको बताउँछिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments