काठमाडौं । बंगलादेशमा शुरु भएको साफ च्याम्पियनसीप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको छ ।

पहिलो हाफमा नेपालका कप्तान विराज महजएनले फाउल गरेपछि पाएको फ्रिकिकलाई पाकिस्तानले गोलमा परिणत गरेपछि नेपाल १–० गोलले पछि परेको थियो ।

नेपालले दोस्रो हाफमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याएको थियो । नेपालका स्ट्राइकर विमल घर्तीमगरले ८१ औं मिनेटमा बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछि थपिएको इन्जुरी समयमा पाकिस्तानले एक गोल थपेर नतिजा आफ्नो पक्षमा पारेको हो ।

Comments

comments