काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका तर नेपाली नागरिकता नत्यागेका सबै नेपालीलाई मतदानको व्यवस्था गर्न आदेश दिएको छ ।

अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रीटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासमा फैसला गर्दै सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा भाग लिन पाउने व्यवस्था गर्न आदेश दिएको हो ।

फैसलामा विदेशमा रहेका सबै नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सुनिश्चित गर्न प्रबन्ध मिलाउन आदेश गरिएको छ । वैदेशिक रोजगारीमा रहेका मात्र नभएर विभिन्न प्रयोजनले विदेशमा रहेका वालिग नेपाली नागरिकको मताधिकार सुरक्षित गनुपर्ने फैसला सर्वोच्चले गरेको हो । सर्वोच्चको यो फैसलासँगै अब विदेशमा रहेका नेपाली नागरिकले समेत मतदानमा भाग लिन पाउनेछन् तर त्यसका लागि आवश्यक प्रक्रिया शुरु गर्न प्रधानमन्त्रीको कार्यालय, मन्त्रित्रपरिषद्को कार्यालयका नाममा आदेश जारी भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments