काठमाडौं । सरकारले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको निष्कर्ष निकालेको छ ।

आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै सदस्य राष्ट्रका राष्ट्र प्रमुखलगायतलाई धन्यवाद दिएको हो । सम्मेलन सफल पार्न सहयोग पुर्याएकामा बैठकले केन्द्र सरकारका विभिन्न निकाय, सबै स्थानीय सरकार, प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारक्षेत्रलाई धन्यवाद दिएको छ ।

साथै सम्मेलनक्रममा यातायातलगायत क्षेत्रमा सर्वसाधारणले भोग्नुपरेको दुःख मर्कामा संवेदनशील बन्दै आगामी दिनमा वैकल्पिक उपाय खोजेर सर्वसाधरणलाई कष्ट नपर्ने व्यवस्था गर्न पनि सरकारले प्रतिवद्धता जाहेर गरेको छ ।

बैठकले संस्थान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि र पशुसेवा परिषद्सम्बन्धी व्यवस्थाका लागि विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments