काठमाडौं । मुलुकी अपराध (सहिता)का उपचारसँग सम्बन्धीत केही प्रावधान संशोधन गर्नुैपर्ने मागसहित चिकित्सकहरु हड्तालमा उत्रिएपछि आइतबार देश भर स्वास्थ्य सेवा प्रभावित भएको छ ।

चिकित्सकहरुले राजधानीलगाएत जिल्लका सदरमुकामहरुमा समेत बिरोध प्रदर्शन गरेका छन् । ‘हामीले संहिता संशोधनको माग राख्दै राष्ट्ब्यापी रुपमै विरोध कार्यक्रम गर्याे । चिकित्सक संघका अध्यक्ष मुत्तिराक श्रेष्ठले बताउनुभयो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

संघले आज ‘सोमबार’समेत मुलुकभर स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने जनाएको छ । मंगलबार देखि भने आकस्मिकबाहे अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने ,बुधबार आकस्मिक सेवाबाहेक अन्य शल्ष्क्रिया बन्द गर्ने,बिहिबारखेखि आकस्मिक सेवाबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने कार्यक्रम संघले जनाएको छ ।

सरकारले २२ गते सम्म पनि सुनुवाई नगरे आगामी शुक्रबारदेखि आकस्मिकबाहेक बहिरंगलगाएत सबै सेवा माग सम्बोधन नभएसम्मका लागी निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments