काठमाडौं । फागुन ३ मा प्रधानमन्त्री नियुक्त केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ ।

५ महिने कार्यकालको फेहरिस्त पुस्तक नै बनाएर प्रकाशित भएपनि ओली सरकारको ६ महिनामा जनताले अपेक्षित परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

नेकपाका एक नेता भन्छन्– ुप्रतिकूल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओली दैनिक १८ घण्टासम्म काममा खटिएका छन् । भाषणैपिच्छे जनताको जीवनमा परिवर्तन र समृद्धिको कुरा गरेका छन् । तर उनका सहयात्रीको काम भने सोही अनुरूपमा छैनन् । सरकार कताकता कुहिरोमा रुमल्लिएको कागजस्तो भएको छ । मेशिनरीले राम्ररी काम नगरेपछि प्रधानमन्त्रीले एक्लै केही गर्न सक्दैनन् ।’

संसदमा दुईतिहाइ बहुमत सहितको बलियो सरकार भएपनि जनताले त्यसको महसुस गर्न सकिरहेका छैनन् । बजार बिचौलियाले चलाइरहेका छन् । त्यसको ज्वलन्त उदाहरण कालीमाटी तरकारी बजारको अनुगमनमा सरकारी टोली थुनिएको र बुटवलमा अनुगमनको विरोधमा सुन पसल बन्द गरिएको घटना स्मरण गरे पुग्छ ।

कतिपय स्थानीत तहले स्वैच्छाचारी ढंगले बढाएको करका कारण ओली सरकार आलोचनाको शिकार भएको छ ।

नेकपाका एक नेताका अनुसार मन्त्रीहरूको कार्यशैलीप्रति प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट छैनन् । जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने सोचाइमा ओली रहेको पूर्व एमालेका एक नेता बताउँछन् ।

नेकपाका नेता देवेन्द्र पौडेल भने सरकार पुनर्गठनको हल्ला निराधार भएको र त्यस्तो आवश्यकता नभएको बताउँछन् । सीमितताका बाबजुद सरकारले केही राम्रा कामको शुरूवात गरेको बताउदै पौडेलले सरकारले कामै गरेन भन्ने कुरा आरोप मात्र भएको उल्लेख गर्नुभयो ।

चीन भारतसँग सन्तुलित सम्बन्ध राख्नु र भर्खरै बिमस्टेक सम्मेलन सम्पन्न गर्नुपनि सरकारको सफलताको रुपमा लिनुपर्ने उनको भनाइ छ ।

नेता पौडेल पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा बादलले गरेका कामविरुद्ध प्रचारबाजी भएको स्वीकार्नुभयो ।

File Photo

Comments

comments