काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज आइपुगेको छ । तीजमा दरको रुपमा मीठा मीठा परिकार खाने गरिन्छ, जस मध्ये अचार पनि एक हो । अचार बनाउँदा प्राय आलु केराऊ या काँक्रोको बनाउने गरिन्छ । तर, आलु , काँक्रो र केराउको मिक्स अचार पनि निकै स्वादिष्ट हुन्छ ।

आवश्यक सामग्री

काँक्रो, उसिनेको आलु, हरियो केराउ

भुटेको रातो खुर्सानी, अदुवा, लसुन, हरियो खुर्सानी

नुन, बेसार, भुटेर पिसेको तिल, कागती

भुटेको जिरा, तेल, मेथी, धनियाँको दाना

विधि :

सुरुमा भुटेको जिरा, धनियाँको दाना र खुर्सानी पिस्ने ।

त्यसमा लसुन र अदुवा पनि थिचेर पेस्ट बनाउने ।

एउटा भाँडोमा आलु, काँक्रो, केराउ राख्ने र ती माथी हरियो खुर्सानी, तिल, अघि पिसेको मसला, नुन, कागती राख्ने र एकछिन यत्तिकै छोडिदिने।

अब एउटा प्यानमा तेल तताउने र त्यसमा मेथी फुराउने ।

त्यो तेललाई अचारमा झानिदिने र राम्रोसंग मिक्स गर्ने ।

Comments