काठमाडौं । नेपाली हिन्दु महिलाहरुको पर्व तीज नजिकिएको छ । तीज नजिकिएपछि दर खाने कार्यक्रम पनि हुन थालेका छन् । आजकल तीजको दरमा पुलाउलाई पनि मूख्य परिकारको रुपमा लिइन्छ । पुलाउलाई विशेष सामग्रीको प्रयोग गरेर स्वादिष्ट बनाउन सकिन्छ ।

आवश्यक सामग्री :

भिजाएर राखेको बासमती चामल

हरियो मटर, बटर या घ्यु

तेजपत्ता, सुकमेल, ल्वाङ्ग, दालचिनी, खुर्सानी

किसमिस, काजु, नुन, चिनी

विधि :

एउटा भाँडोमा घ्यु या बटर तताउने ।

तातिसकेपछि त्यसमा तेजपत्ता, रातो खुर्सानी, दालचिनी, ल्वाङ्ग, सुकमेल राखेर एकछिन छोड्ने ।

त्यसपछि त्यसलाई हल्का चलाउने र काजु अनि किसमिस राख्ने ।

अब त्यसमा मटर राखेर चलाउने ।

त्यसपछि त्यसमा चामल राख्ने र चलाउने ।

अब त्यसमा नुन र चिनी राखेर राम्रोसंग मिक्स गर्ने ।

एकछिन चलाएपछि पानी राख्ने ।

त्यसपछि त्यसलाई बन्द गरेर बीस मिनेट सम्म नचलाउने ।

बीस मिनेट पछि पुलाउ तयार हुन्छ ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments