काठमाडौं । नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् ।

विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले बिहिबार मध्यराती नयाँ विश्व कीर्तिमान कायम गरेका हुन । केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए ।

गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहानदेखि शुरु भएको केसीको प्रवचन बिहिबार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिनुभयो । शिक्षण पेशा छोडेर केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय हुनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments