काठमाडौं । क्रोएसियाका कप्तान तथा स्पेनिस फुटबल महारथी रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीच युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् । मोड्रीचले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

२० अगस्टमा अन्तिम नामावलीका रुपमा मोड्रीच, रोनाल्डो र सलाहको नाम परेको थियो । हरेक वर्ष च्याम्पियन्स लिगको ड्र सार्वजनिक हुने दिन दिइने उक्त अवार्ड यो वर्ष मोड्रीचले पाएका हुन् ।

मोड्रीच एक फरक क्षमता खेलाडी भएको उनका साथिहरुले टिप्पणी गरेका छन् भने मोड्रीचले रसिया विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्म पुएका थिए । त्यस्तै, विश्वकपमा उनले वेष्ट प्लेयर अर्वाड समेत हात पारेका थिए । मोड्रीचले मिडफिल्डर अप दी इयर र प्लेयर अफ दि इयर जितेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments